८ वैशाख २०८१ शनिबार
समाज

बर्दियामा १० जना कोरोना संक्रमित थपिए

बर्दियामा १० जना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी गराए।  

१ सय ९१ ज्नामा गरिएको परीक्षणमा बर्दियाका १० जनालाई कोरोना संक्रमण देखिएको हो।  

संक्रमितमध्ये बर्दियाको गुलरिया नगरपालिकाका ४ जना, बाँसगढी नगरपालिकाका २ जना, गेरुवा गाउँपालिकाका एकजना, राजापुर नगरपालिकाका एक जना र मधुवन नगरपालिकाका २ जना रहेका छन्।  

जसमध्ये ४ जना महिला संक्रमित र ६ जना पुरुष संक्रमित रहेका छन्।

प्रकाशित: ६ कार्तिक २०७७ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App