१६ चैत्र २०८० शुक्रबार
समाज

दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

मोरङको बेलबारीमा बुधबार राति भएको स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। राति ११ः४५ बजेतिर बेलबारी–४ मा भएको स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने दुई युवती घाइते भई विराटनगर र विराट चोकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटरमा तीन जना सवा भई आफै अनियन्त्रित हुँदा दुर्घटना भएको बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। स्कुटर चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा बिहीबार बिहान १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।  

स्कुटरको पछाडी सवार १८ वर्षीया अनुपमा राईको विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र १६ वर्षीया सुमित्रा राईको सुकुना सामुदायिक अस्पताल विराट चोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७७ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App