८ वैशाख २०८१ शनिबार
समाज

दसैंमा कस्तो रहला मौसम? यस्तो छ ३ दिनसम्मको अनुमान

मौसमविद्का अनुसार मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन।  

यसैकारण वर्षाको खासै सम्भावना छैन। तर पनि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबारसम्मको मौसम यस्तो रहने अनुमान गरिएको छ। 

कार्तिक ०६ गते  (बिहीबार)

दिउँसो : प्रदेश नं १, गण्डकी,कर्णालीर सुदूरपश्चिमप्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीतथा बागमती र लुम्बिनि प्रदेशमाआंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ ।

राती: देशका पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ ।

कार्तिक ०७ गते  (शुक्रबार)

दिउँसो :देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावाना छ ।

राती: प्रदेश न १मा आंशिक देखि सामान्य बदलीतथा प्रदेश न २ र वागमतीप्रदेशमा आंशिक वदली रहीअन्य भू-भागमामौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०८ गते  (शनिबार)

दिउँसो : प्रदेश न १ मा आंशिकदेखि सामान्य बदलीतथा प्रदेश न २ र बागमती प्रदेशमा आंशिक बदली रहीअन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र बागमती प्रदेशमा आंशिक बदली रहीअन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: ६ कार्तिक २०७७ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App