४ वैशाख २०८१ मंगलबार
समाज

चितुवाको आक्रमणबाट तीन घाइते

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ मा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। घाइते हुनेमा धर्मदेवी–४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली छन्।

धर्मदेवी–४ का वडाध्यक्ष अनिरुद्रसिंह लिङ्खाका अनुसार आज बिहान ९ बजे हुम्लिङ पसेको चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए। प्रतिकार गर्नेक्रममा घाइते भएकामध्ये धनबहादुर र श्रीपालीको अवस्था गम्भीर रहेको वडाध्यक्ष लिङ्खाको भनाइ छ। चितुवाले हुम्लिङमा १३ खसीबाख्रा पनि मारेको छ। श्रीपालीका सात, जसबहादुर लिङ्खाको एक र लीला श्रीपालीका पाँच बाख्रा मारिएको उनले जानकारी दिए।  

घाइतेलाई उपचारका लागि नगरपालिकाको गाडीमार्फत प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएको धर्मदेवीका नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए। रासस

प्रकाशित: ६ कार्तिक २०७७ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App