coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुटवलको कोरोना अस्पतालमा थप २ संक्रमित को मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना संक्रमितको गएराती मृत्यु भएको छ।  लुम्बिनी प्रादेसिक अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमका अनुसार मृत्यु हुनेमा एक जना अर्घाखाँचीका र अर्का एक जना रुपन्देहीको तिलोत्तमाका छन्।

अर्घाखाँचीको पाणिनी ७ का ३८ बर्षीय पुरुषको हिजो राती साढे ९ बजेतिर  मृत्यु भएको हो। अशोज २२ गते कोरोना संक्रमण भएपछि कोरोना अस्पताल ल्याइएका उनको आइसीयुमा उपचार भइरहेको थियो। त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ का ८१ बर्षे बृद्धको पनि गएराती सबा बाह्र बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ। कात्तिक १ गते स्वास्थ्यमा समस्या भएपछि अस्पताल ल्याइएका उनलाइ कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरीएको थियो। स्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयुमै उपचार भइरहेपनि  गएराती उनको मृत्यु भएको डा गौतमले जानकारी दिए।

प्रकाशित: ६ कार्तिक २०७७ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App