६ वैशाख २०८१ बिहीबार
समाज

२३ किलो चरेससहित महिला पक्राउ

सशस्त्रप्रहरीले साढे २३ किलो चरेससहित एक महिलालाई पक्राउ गरेको छ। गुलरिया नगरपालिका १० बुद्धी दमाईको घरको शौचालयस्थित महिलाको शरिरबाट पाँच किलो चरेस र थपखोज तलास गर्ने क्रममा २ वटा झोलामा गरी साढे २३ किलो चरेस फेला परेको सशस्त्रप्रहरी उपरीक्षक एनबी रावतले जानकारी दिए। 

थप कारबाही तथा अनुसन्धानका लागि पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको उनले बताए। यसैबीच बाघको आक्रमणमा परी बर्दियामा एक महिलाको मृत्यु भएको छ। 

नेपाल भारत सीमा क्षेत्र नजिकै मधुवन नगरपालिका ३ बस्ने २६ वर्षीया गंगा खत्रीको घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जनाए।

प्रकाशित: ६ कार्तिक २०७७ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App