६ चैत्र २०८० मंगलबार
समाज

लागुऔषधसहित ललितपुरबाट चार जना पक्राउ

ललितपुरको गोदावरीबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्।  सशस्त्र प्रहरीको इन्टेलीजेन्स विशेष व्यूरोले गोदावरी नगरपालिकास्थित हात्तिवनबाट औषधि जन्य लागुऔषध र २ केजी चरेससहित चार जनालाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ।  

सशस्त्र प्रहरीको विशेष व्यूरोको टोलीले धादिङका २७ वर्षीय मनिष मगर, मकवानपुरका २२ वर्षीय सविन आलेमगर, तनहुका २७ वर्षीय अजितकुमार श्रेष्ठ र चन्द्रागिरी नगरपालिका बस्ने ३६ वर्षीय राजकुमार रोका मगरलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको हो।  सोही समूहले काठमाडौ उपत्यका विभिन्न स्थानमा खण्ड खण्ड रुपमा लागुऔषको कारोवार गर्ने गरेका थिए।  

मकवानपुर र धादिङबाट चरेस गाजा ल्याउने गरेको तथा वीरगन्जबाट औषधिजन्य लागुऔषध (सिरिन्ज) ल्याएर बेच्ने गरेको प्रहरीले जनाएको छ।  सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले उनीहरुलाई पक्राउ गरी स्थानीय प्रहरीलाई बझाएको पुष्टि गरेका छन्।  ‘सानो सानो समूह बनाएर लागुऔषधको कारोवार गर्दे गरेको सूचना आएको थियो सोही अनुसार हाम्रो विशेष व्यूरोले उनीहरुलाई सप्रमण प्रहरीलाई अनुसन्धानका लागि बुझाएको छ’, डिआइजी अर्यालले भने।  अर्याललका अनुसार उनीहरुले स्कुटरको डिकीभित्र लुकाएर सो लागुऔषध ल्याएका थिए।  सशस्त्र प्रहरीले दुई थान मोटरसाइकल पनि प्रहरीलाई बुझाएको छ।

 

प्रकाशित: ५ कार्तिक २०७७ १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App