७ वैशाख २०८१ शुक्रबार
समाज

पाल्पामा कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु

कोरोना सङ्क्रमणबाट यहाँ आज एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा वगनासकाली गाउँपालिका–७ का ७८ वर्षीय पुरुष छन्।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना सङ्क्रमण देखिएको थियो। लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको पन्थीले बताए। उनी दम र मधुमेहबाट पीडित थिए। रासस

प्रकाशित: ५ कार्तिक २०७७ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App