१६ चैत्र २०८० शुक्रबार
समाज

प्रहरीमाथि गोली प्रहार गर्न खोज्ने भारतीय नागरिक नियन्त्रणमा

ड्युटीमा खटेर चेकजाँच गरिरहेको प्रहरीमाथि गोली प्रहार गरेर भाग्न खोज्ने एक भारतीय नागरिकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

भारत बिहार पूर्वी चम्पारण दुधियावा निवासी बृजकिशोर कुशवाहालाई गोली प्रहार गरि नियन्त्रणमा लिनु परेको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

भारतसँग छोटी नाका रहेको सिम्रौनगढ नगरपालिका ९ कचोर्वामा सवारी साधान चेकजाँच गरिरहेको अवस्थामा प्रहरीमाथि कुशवाहाले गोली प्रहार गरेर भाग्न खोजेको पगेनीले बताए।

कुशवालाले प्रहरीमाथि चलाएको गोली भाग्यवस पड्किन नसक्दा ठूलो दुर्घटना हुनबाट बचेको उनले बताए।

कुशवाहालाई नियन्त्रणमा लिनको लागि प्रहरीले चलाएको एक राउण्ड गोली उनको बायाँ पाखुरामा लाग्दा कुशवाहा समान्य घाइते भएका उपरीक्षक पगेनीले बताए।

कुशवाहाबाट बरामद गरिएको स्वचालिक पेस्तोलको म्याग्जिनबाट पाँच राउण्ड गोली बरामद गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र तमाडले बताएका छन्।

प्रकाशित: ५ कार्तिक २०७७ १४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App