६ चैत्र २०८० मंगलबार
समाज

कोरोना संक्रमित कांग्रेस नेता मगरको निधन

कोभिड–१९ को संक्रमणमा परेका नेपाली कांग्रेसका नेता तेजबहादुर पुन मगरको आज मृत्यु भएको छ। केआई सिंह गाउँपालिका–४ पूर्वीया बगरमा घर भएका ५० वर्षीय मगर केही दिन पहिले बिरामी भएपछि उपचारका लागि कैलाली गएका थिए।  

उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार निमोनियासहित कोरोना संक्रमित मगरको उपचारकै क्रममा मृत्यु भएको हो।  

उनी कांग्रेस डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत रहेका थिए। उनका दुई छोरा र एक श्रीमती छन्। रासस

प्रकाशित: ५ कार्तिक २०७७ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App