६ चैत्र २०८० मंगलबार
समाज

भारततर्फ जाने क्रममा शंकास्पद दुई जना पक्राउ

भारतमा किशोरी बेचबिखन गर्न लगेको आरोप

भारत जादै गर्दा पक्राउ परेका शंकास्पद किशोरी र युवा । तस्बिर :नागरिक

भारततर्फ जादै गरेका शंकास्पद दुई जना बुधबार साँझ सुनसरीको कोशी ब्यारेजबाट पक्राउ परेका छन्।  

पक्राउ पर्नेमा इलाम माइ नगरपालिका वडा नं. ३ की १९ वर्षे मनमाया दर्जी र सप्तरी डाक्नेश्वर वडा नं. १ का २८ वर्षे दिलिपकुमार सन्त छन्। यी दुईलाईं भारतीय सीमा सुरक्षा बल एसएसबी र नेपालको सीमा सुरक्षाका निम्ति खटिएको शसस्त्र प्रहरीको टोलीले संयुक्त रुपमा पक्राउ गरेको हो।  

मनयामा र दिलिपकुमार कोशी गाउँपालिका वडा नं. ८ कोशी ब्यारेजबाट भारत जाने क्रममा पक्राउ परेका हुन्। पक्राउ परेकी मनमायाले भारतमा विवाह गर्न हिँडेको र दिलिपकुमारले साथी भएकाले गर्दा पुर्‍याउनका निम्ति हिँडेको बताएका छन्। पक्राउ पर्ने क्रममा किशोरीले विवाह गर्न भएकाले गर्दा नरोक्न भनेर जर्वरजस्ती गरेकी थिइन्।  

दुवैलाई थप अनुसन्धान गर्नका लागि सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धान नै थाल्न बाँकी रहेको डिएसपी नरेन्द्र कार्कीले बताए।  

दुई साताअघि पनि पैसाको प्रलोभन देखाएर बाबासँग पूजामा बस्न भनी नेपाली किशोरीलाई भारत लाने समूहका चार जनालाईं भारतीय सीमा सुरक्षा बल एसएसबीको सहयोगमा सशस्त्र प्रहरीले सुनसरी कोशी गाउँपालिलका पक्राउ गरेको थियो। पक्राउ परेकाको अनुसन्धान चलि रहेको छ।

२०७२ मंसिर २२ गते रोजगारीका लागि भन्दै ५२ जना नेपालीमध्ये भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बिरपुरबाट नियन्त्रणमा लिएर ३६ जनालाई छाडेको थियो। बालबालिकासहितका १६ जनालाई भने एसएसबीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो।  

सुनसरी कोशी गाउँपालिका वडा नं. ८ भाण्टावारी नाकाबाट मात्र बेचबिखनका लागि लैजादै गर्दा दुई वर्षयता ४१ जनालाई उद्दार गरिएको साझा सवालका लागि साझा मञ्च कोकन सुनसरीको तथ्याङ्कमा उल्लेख छ।  

मानव तस्करी नेपालको ठूलो सामाजिक समस्या हो। मानव तस्करी यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यकाका लागि हुने मानिसको अवैध व्यापार हो। यो एक सामाजिक अपराध हो।

विभिन्न प्रलोभन दिएर आकर्षक तलबको लोभ देखाइ विदेशमा लगेर फसाउने वा बेचबिखन गर्ने कामलाई मानव तस्करी भनिन्छ। जसमा महिला तथा पुरुष बेचबिखन पर्दछ। विभिन्न एजेन्टद्वारा फसाई भारतका तथा अन्य देशका कोठीमा बेचिनु मानव तस्करीको उच्चतम रुप हो।

प्रकाशित: ५ कार्तिक २०७७ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App