६ चैत्र २०८० मंगलबार
समाज

जडीबुटी सङ्कलन गर्न गएका युवक एक सातादेखि बेपत्ता

हुम्ला, सिमकोट गाउँपालिका वडा नं १ चुवाखोला वनमा जटिबुटी संकलन गर्न गएका एक युवक बेपत्ता भएका छन्। गत असोज २० गते जडीबुटी सङ्कलन गर्न गएका  ३० वर्षीय धनबहादुर बुढा एक हप्तादेखि सम्पर्कमा आउन नसकेको खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी दीपबहादुर शाहीले जानकारी दिए।  

जटीमासी (भुल्ते) लगायत जडीबुटी संकलन गर्न केही दिनअघि उनीसहित अन्य पाटन पुगेका थिए। जटिबुटी संकलन गर्न गएका साथीहरु फिर्ता भए पनि बुढा आजसम्म सम्पर्कमा नआएको र अवस्था अज्ञात रहेको शाहीले बताए।  

चुवाँखोला सामुदायिक वनमा जटीमासी खन्ने क्रममा बेपत्ता बुढाका आफन्तले ठेहे प्रहरीचौकीलाई खोज्नका लागि आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर सुवेदीले जानकारी दिए। उनका अनुसार बुढाका आफन्त र प्रहरी हवल्दारका नेतृत्वमा पाँच प्रहरी जवान खोजी गर्न त्यसतर्फ प्रस्थान गरेका छन्। स्थानीयवासीले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय तह र जिल्ला प्रहरी कार्यालयसँग अनुरोध गरेका छन्। रासस

प्रकाशित: ५ कार्तिक २०७७ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App