coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बर्दियामा ११ जना संक्रमित थपिए

बर्दियामा थप ११ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी गराए।  

१ सय ९२ जनामा गरिएको परीक्षणमा बर्दियाका ११ जनालाई कोरोना संक्रमण देखिएको हो।  

संक्रमितमध्ये बर्दियाको गुलरिया नगरपालिकाका ५ जना, बढैयाताल गाउँपालिकाका २ जना र मधुवन नगरपालिकाका ४ जना रहेका छन्।  

जसमध्ये ३ महिला र ८ जना पुरुष संक्रमित रहेका छन्।

प्रकाशित: ५ कार्तिक २०७७ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App