७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश १ मा ५ सय १३ कोरोना संक्रमित थपिए

कोरोना भाइरस संक्रमित ५ सय १३ जना बुधबार प्रदेश १ मा थपिएका छन्। प्रदेशको मोरङमा २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ६२ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ६८ महिला र ९४ पुरुष छन्। मोरङको ग्रामथानमा १८, उर्लाबारीमा १४,  सुन्दरहैँचामा १०, रंगेलीमा ५, बेलबारीमा ४, कानेपोखरी, कटहरी, पथरीशनिश्चरे र लेटाङमा ३–३, धनपालथानमा २, जहदा, सुनबर्षी र रतुवामाईमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको धरानमा ९१, इटहरीमा ७४, रामधुनीमा ६, दुहबीमा ३, इनरुवा, बराहक्षेत्र र गढीमा २–२ , देवानगञ्ज, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

झापाको दमकमा २८, विर्तामोडमा १६, मेचीनगरमा ५, कचनकवलमा ४, भद्रपुरमा ३, गौरादह, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २–२, बाह्रदशी, हल्दिबारी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। धनकुटाको धनकुटा नगरपालिकामा ९ र साँघुरीगढीमा २, उदयपुरको बेलका र चौदण्डीगढीमा २–२, उदयपुरगढी, त्रियुगा र स्थानीय तह नखुलेका १–१, इलामको रोङ, सूर्योदय र स्थानीय तह नखुलेका १–१, पाँचथरको फालेलुङमा २ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेशमा २८ जना संक्रमित डिस्चार्ज भएका छन्। विराट मेडिकल कलेजबाट १८, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ र होमआइसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार २ सय ८ पुगेको छ।

प्रदेशमा बुधबार १ हजार ८ सय ८७ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २ सय ३० महिला र २ सय ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ५० हजार ७ सय ५१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै हालसम्म कोरोना संक्रमणबाट प्रदेश १ मा ४३ महिला र १ सय ८ पुरुष गरी १ सय ५१ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०७७ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App