coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रुपन्देहीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट आज  तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेका बुटवलका २ जना र तिलोत्तमाका एक जना छन्। बुटवलको कोरोना अस्पतालमा उपचारत बुटवल ११ का ४७ वर्षे पुरुष र वडा न १७ का ८१ वर्षे पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए।  

८१ वर्षे पुरुष असोज २७ गते र ४७ वर्षे पुरुषलाई  असोज २४ गते संक्रमण पुष्टि भएपछि अस्पताल ल्याइएको थियो। दुवैको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।

त्यस्तै तिलोत्तमा नगरपालिकाका ५ का ४७ बर्षे एक संक्रमित पुरुषको पनि आज बिहान मृत्यु भएको छ। असोज १ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका ती संक्रमितको स्वास्थ्यमा समस्या देखिएपछि  अस्पताल पुर्या ए लगत्तै मृत्यु भएको नगरपालिकका प्रवक्ता सुरेन्द्र श्रीले बताए। यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ।

शव व्यवस्थापन नगरपालिकाकै टिमले गर्ने

केन्द्र सरकार संक्रमितको शव व्यवस्थापनको जिम्मेबारीबाट पछि हटेकाले होम आइसोलेसनमा मृत्यु भएका नगरवासीको शव व्यवस्थापनको तयारी नगरपालिकाले गरिरहेको बताइएको छ।

केही बेर अघि होम आइसोलेसनबाट अस्पताल ल्याउँदै गर्दा मृत्यु  भएका ती संक्रमितको नगरपालिकाकै स्वास्थ्य शाखाको टिम मार्फत शव व्यवस्थापनको तयारी भइरहेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए। तिलोत्तमा नगरपालिकाले हिजै  कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक मार्फत संक्रमितको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय  गरेको यियो। संक्रमितको शव व्यवस्थापनकालागि करारका केही कर्मचारीलाई त्यस सम्बन्धी जानकारी तथा तालिम प्रदान गरी सुरक्षित रुपमा खटाइने नगरपालिकाका स्वास्थ्य सहसंयोजक इश्वरी पौडेलले बताए।

 

प्रकाशित: ५ कार्तिक २०७७ ०५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App