१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विराटनगरमा लागुऔषधसहित २ जना पक्राउ

विराटनगर–१६ स्थित दरैया वस्तीबाट मंगलबार विहान लागुऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर–१५ का सम्भु साह र विकी राई छन्।  

उनीहरूको साथबाट लागुऔषध डाइलेक्स डिसी ६२ वोतल, नाइट्रोवन ट्याव्लेट १ सय ८७ पिस, एसपी प्रोक्सिभन ट्याव्लेट, २ सय ३८ पिस बरामद भएको छ। प्रदेश १ प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका प्रहरीले उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएका थिए।

पक्राउ परेका दुबैको विषयमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रबक्ता मानबहादुर राईले जानकारी दिए।

प्रकाशित: ४ कार्तिक २०७७ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App