७ वैशाख २०८१ शुक्रबार
समाज

कैलाली घटना : बिच नदीमा गाडेको अवस्थामा भेटियो जवानको शव, यस्तो छ घटना

तस्करहरुले धारिलो हतियारले घाँटी रेटेर हत्या गरि मोहना नदीको बिचमा गाडेको अवस्थामा प्रहरी जवान रामबहादुर साँउदको शव मंगलवार बिहान फेला परेको छ।

तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा तस्करहरुको समूहले शनिबार राति गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र साउँदको हत्या गरिबीच नदीमा फालेका थिए। असई गोविन्दको हात र माथिल्लो शरिर पानी माथी उत्रेको देखिएकाले आईतबार बिहान नै शव फेला परेको थियो। आईतबार र सोमबार दुई दिनसम्म खोजतलास गर्दा पनि जवान साँउदको शव फेला परेको थिएन।  

पक्राउ परेका तस्करले हत्या गरेको स्विकारेपछि उनीहरुले दिएको जनाकारी अनुसार गोविन्दको शव फेला परेको करिव ५० मिटर उत्तरतर्फ मोहना नदिको बिच भागमा पानी भित्र गाडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। कैलालीका प्रहरी उपरीक्षक दिलिप देउवाले मोहना नदिको बिच भागमा गाडेको अवस्थामा जवान साउँदको शव फेला परेको बताए। उनको पनि टाउको र घाटीमा धारिलो हतियारले हिर्काएर हत्या गरिएको उनले बताए।  

असई र जवानको हत्या गरेरबीच नदीमा गाडियो

असई गोविन्द र जवान दुवैलाई हत्या गरेर मोहना नदीको बिच भागमा गाडेको हत्या आरोपी तस्करहरुले बताएका छन। नदीको बिच भागमा गाडेकोले दुईदिन सम्म पनि जवान साउँदको शव फेला नपरेको हो। भने असई गोविन्दको हात र माथिल्लो शरिर गाडेको ठाउँबाट पानीमा उम्केकोले आईबार नै फेला परेको थियो। प्रहरी उपरीक्षक देउवाले तस्करहरुको समूहले हत्या गरेर दुवै जनालाई नदीको बिच भागमा गाडेको बताएका छन। शव नै फेला पार्न नसकुन भनेर हत्या गरेर नदीको बिच भाग भित्र खाल्डो खनेर उनीहरुलाई गाडेको बुझिएको छ।

यो पनि पढ्नुहोस्

असईको घाटी रेटेर हत्या, जवानको अवस्था अझै अज्ञात

फरुवाले हिर्काएर हत्या  

शनिवार राती गस्तीमा गएका असई गोविन्द र प्रहरी जवान साउँदले तस्करीको समान नियन्त्रणमा लिन खोज्दा तस्करको समूहले हत्या गरेको खुलेको छ। हत्यामा संलग्न पक्राउ परेकाले प्रहरीलाई दिएको बयान अनुसार असई र जवानलाई एकाएक आक्रमण गरेर ढालेका थिए। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीले तस्करीको समान नियन्त्रण लिदाँ तस्करको समूहले हातमा जे भेट्टायो त्यसैले आक्रमण गरेको बताएका छन। असईसँग पेस्तोल थियो। तर उनले पेस्तोल समेत झिक्ने मौका नपाउँदै आक्रमण भएको उनले बताए। ‘पेस्तोल झिक्ने मौका नै पाएन, उनीहरुले जे हातमा छ, त्यसले एक्कासी प्रहार गरे’डिआईजी सुवेदीले भने,‘फरुवाले टाउकोमा र घाँटीमा हिर्काएर हत्या गरेको बुझिएको छ।’ असई गोविन्दको घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो भने त्यहि प्रकारको साउँदको पनि घाँटीमा पनि प्रहार भएको छ। त्यो फरुवाले हिर्काएर नै काटेको उनले बताए। हत्यामा संलग्नले फरुवा प्रहार गरेर हत्या गरेको स्विकारेका छन। असईसँग भएको पेस्तोल अझै फेला परेको छैन तर हत्यामा संलग्नले पेस्तोल पनि नदीमा नै फालेको बयान दिएको उनको भनाई  छ। तस्करीमा कडाई गरेकाले असई गोविन्दसँग तस्कर चिढिएका थिए। केहि दिन अघि मात्र उनले तस्करीको समान बरामद गरेर कारवाही प्रक्रिया अघि बढाएका थिए। शनिबार पनि तस्करीको समान पक्राउ गर्न नै मोटर साईकल एक घरमा राखेर प्रहरी जवान सहित उनी तस्करीको ट्रान्जट प्वाइन्ट रहेको उखुवारी नजिक बसेका थिए। तस्करी रोक्न खोजेकै कारण असई र जवानको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ। ३ महिना अघि मात्र अस्थाई प्रहरी पोष्ट जुगेडमा गएका असही गोविन्दले ३, ४ पटक समान समातेका थिए। उनी आएपछि तस्करी गर्न जटिलता भएकाले तस्करहरुलाई समस्या भएको थियो। प्रहरीले संदिग्ध १३ जना पक्राउ गरेपनि ती हत्यामा संलग्न सवै नभएको प्रहरीले बताएको छ। दुवै देशका तस्करहरुको सन्जालमा तस्करी हुने र उनको हत्या भएको ठाउँ दुवै देशका तस्कर जम्मा हुने ठाउँ भएपनि हत्यामा नेपालका तस्करको संलग्नता रहेको प्रहरीले बताएको छ।  

यो पनि पढ्नुहोस्

तस्करद्वारा असईको घाँटी रेटी हत्या, ११ जना नियन्त्रणमा

हत्यामा संलग्न १० जना जतिको समूह रहेको डिआईजी सुवेदीले बताए। हत्यामा संलग्न केही जना अझै फरार रहेका छन।

घटनास्थल नेपाल र भारत दुवैतर्फका तस्करहरुको ट्रान्जिट प्वाइन्ट रहेको स्थानीयले बताएका छन्। ‘गोरुगाडामा भारतबाट सामान ल्याएर उखुबारी छेउमा राख्ने र त्यहाँबाट नेपालतर्फका तस्करहरुले सामान लैजाने स्थानीयले बताए। यो नाका भएर भारतमा मटर, भटमास तथा दलहन बस्तु तस्करी हुने गर्छ भने भारतबाट नेपालतर्फ दैनिक उपभोग्य सामाग्री मध्ये चिनी, लुगाकपडा, सुर्तीजन्य पदार्थ, हार्डबेयरका सामग्री, इलेक्ट्रिक्स सामानहरु अवैध आयात हुने गर्छ। प्रहरीकै सेटिङमा बर्षौदेखि नियमित तस्करी हुने गरेकोमा असही गोविन्दले तस्करी रोक्न खोजेकाले ज्यान गुमाउनु परेको स्थानीय बताउँछन्। जुगेडामै अस्थायी प्रहरी पोष्टका साथै नेपाल सशस्त्र प्रहरीको विओपी पोष्ट रहेको छ। तर तस्करी नियन्त्रण गर्न भन्दा तस्करवाट महिनावारी पैसा उठाउनमा ध्यान दिने गरेको स्थानीय बताउँछन।

प्रहरी र सशस्त्रकै सेटिङमा तस्करी हुने गर्छ तर तीन महिना अघि अस्थायी प्रहरी पोष्टको इन्चार्ज आएर आएका असई बिकले तस्करीमा कडाइ गरेका कारण उनले ज्यान गुमाउनु परेको स्थानीय बताउँछन्।  

शनिबार बेलुकी ८ः३० बजे अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द बिक प्रहरी जवान रामबहादुर साउँद सहित निस्केका थिए। घटनास्थल प्रहरी पोष्टदेखि करिब ५ किलोमिटर टाढा रहेको छ। प्रहरीका अनुसार रातिको समयमा गस्तीमा निस्केका उनीहरु करिब साढे १० बजेपछि सम्पर्कविहीन भएका थिए। धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित बनकट्टी घाट भएर बग्ने मोहना नदीमा प्रहरी सहायक निरीक्षक बिकको आइतबार र साउँदको मंगलवार शव घाँटी काटिएको अवस्थामा फेला परेको हो। गोविन्दको सोमवार नै कंचनपुरको दोदानदीमा अन्त्येष्टि गरिएको छ।

 

प्रकाशित: ४ कार्तिक २०७७ ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App