coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भेन्टिलेरसहित आइसीयू बेड थप्न बुटवल उपमहानगरको माग

नगरपालिकाकै कर्मचारीले उपचार नपाएर ज्यान गुमाएपछि बुटवल उपमहाननगरले कोराना संक्रमितको उपचारका लागि  भेन्टिलेटर र आइसीयू बेड थप गर्न प्रदेश सरकारसंग माग गरेको छ। कोरोना संक्रमितहरुले उपचार नपाएरै ज्यान गुमाउनु परिहेको भन्दै उपमहानगरले कोरोना रोकथाम र उपचारमा गम्भिर बन्न प्रदेश सरकारलाइ आग्रह गरेको हो।  

जनस्वास्थ्यमा संवेदनशील बन्न आग्रह गर्दै सहकार्य र समन्वय गर्न तयार रहेको नगरपालिकाले जनाएको छ। गत  शनिबार उपमहानगरका एक जना वडा सचिवको आइसीयु बेड नपाएरै मृत्यु भएपछि नगरपालिकाले कार्यपालिकाको बैठक बसी आइसीयू र भेन्टिलेटर सुविध थप गर्न प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको हो। 

बुटवलमा कम्तीमा २५ बेड आइसीयू तत्कालै थप गर्न प्रदेश सरकारसंग माग गरिएको  नगरप्रमुख शिवराज सुवेदीले बताए। भेन्टिलेटर सुविधासहित कम्तिमा २५ बेडको आइसीयू कक्ष संचालनका लागि नगरभित्र मापदण्ड पुग्ने जुन सुकै भवन उपलब्ध गराइने नगरप्रमुख सुवेदी बताए। सुवेदीले कोरोना संक्रमतिको उपचारका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थापनमा पनि नगरपालिकाले सहजीकरण गर्ने बताए। ‘कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचारका लागि जस्तो सुकै सहकार्य, सहयोग र समन्वयका लागि हामी तयार छौं’, मेयर सुवेदीले भने। कोरोना संक्रमणबाट कर्मचारीको  मृत्यु भएपछि  बुटवल उपमहानगरले अत्यावश्यक बाहेकका अन्य सेवाहरु केही दिनका लागि बन्द गरेको छ।  

उपमहानगरले गत चैतमा बुटवल १० मा रहेको धागो कारखानाको भवनमा ५० बेडको कोरोना विशेष अस्पताल निर्माण गरेको थियो। लुम्बिनी प्रादेशिक अस्पताल र विभिन्न संघसंस्थाको सहयोग र सहकार्यमा  ४ वटा भेन्टिलेर सुविधासहितको १६ बेड आइसीयू तयार गरीएको थियो।

बुटवलको कोरोना अस्पतालमा अहिले ३२ वटा आइसोलेसन वेडसहित १६ वटा आइसीयू बेड छन। ती मध्ये ४ वटामा भेन्टिलेर सुविधा छ। जुन कोरोना अस्पताललाइ प्रदेश सरकारले १ सय बेडको बनाउने भनेर चैत देखि नै प्रचार गरीरहेको थियो त्यसमा अहिले सम्म शैया,उपकरण,जनशक्ति केही पनि थपिएको छैन । मन्त्रीपरिषद बैठकले पनि सो अस्पताललाइ  १ सय बेड बिस्तार गर्ने निर्णय पटक पटक गरेको छ। तर कार्यान्वयन भएको छैन।  

प्रदेशमा गम्भिर लक्षण सहितका संक्रमितको संख्या थपिएपनि  बुटवल,भैरहवा,दाङ र नेपालगञ्जमा बनाइएका कोभिड अस्पतालहरुमा भेन्टिलेर,आइसीयु बेड थपिएका छैनन। गत चैतमा बनाइएका संरचना र सेवाले नै काम चलाइएको छ। अस्तपालहरुमा अक्सीजनको समेत अभाव हुन थालेको छ। जसका कारण अस्पतालमा भर्ना हुने पालो कुर्दा कुदै संक्रमितले ज्यान गुमाइरहेका छन। 

प्रकाशित: ४ कार्तिक २०७७ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App