१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनकुटा चौबिसे गाउँपालिको आफ्नै एम्बुलेन्स

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं धनकुटा ईन्चार्ज हेमराज भण्डारीसहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन्। नेकपा नेता भण्डारीसहित चौबिसे गाउँपालिका–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी चौबिसे गाउँपालिकालाई प्रदान गरेका हुन्। 

चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्यसमेत हुन्। भण्डारी सहित लिम्बू, राई र बराईली पनि काठमाडौं बस्दै आएका छन्। उनीहरुले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन्। गाउँमा एम्बुलेन्स अभावमा धेरै बिरामीले हनाकहको ज्यान गुमाउनुको साथै सास्ती बेहोर्नु परिरहेकाले बिरामीलाई अस्पताल पु¥याउन सजिलोका लागि गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिएको संविधानसभा सदस्य हेमराज भण्डारीले बताए।

गाउँपालिकामा कार्यक्रम आयोजना गरी दाताहरुले गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचाललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छन्। अब गाउँपालिकाले नै उक्त एम्बुलेन्स सञ्चालन गर्नेछ।

 कार्यविधि निर्माण गरी गाउँबासीलाई सहुलियतमा एम्बुलेन्स सेवा उपलब्ध गराईने चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए। गाउँपालिकालाई एम्बुलेन्स प्रदान गर्ने दाताहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बीच सम्मान गरेको छ। गाउँपालिकाले अबिर, दोसल्ला, माला लगाई सम्मान–पत्र सहित एम्बुलेन्सदाताहरुलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन्।  

प्रकाशित: ३ कार्तिक २०७७ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App