coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेशमा १ मा राति ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा

उदयपुरलगायत प्रदेश १ को १४ वटै जिल्लामा राति ८ बजेदेखि बिहान ५ देखि  बजेसम्म हिडडुल र सवारी आवागमनमा निषेध गरिएको छ। नजिकिएको दसैं/तिहारको बहानामा अत्याधिक मानव चहलपहल बढेपछि बढ्दो कोरोना संक्रमणको उच्च खतरा कम गर्न निषेधाज्ञा लागू गरिएको हो।  

निषेधाज्ञा अवधिमा बजारमा हिडडुल, यातायात सञ्चालन तथा मठ मन्दिर आउजाउ गर्न निषेध गरिएको छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आइतबार प्राप्त च.नं. ४ ९० को पत्रानुसार बसेको ‘जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी)’ को बैठकले राति ८ बजेदेखि बिहान ५ बजेसम्म बजार, पसल र यातायात तथा मठ–मन्दिर जान रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी तथा डिसिसिएमसी उदयपुरका अध्यक्ष चक्रपाणी पाण्डेले प्रदेशभरीका सबै जिल्लामा निषेधाज्ञा लागू गरिएको बताए।

कोभिड–१९ का संक्रमितहरु पछिल्लो समय तीव्र रुपमा बढीरहेकोले र चाडपर्वको समयमा  मानव चलहलपह अत्याधिक बढेको, यातायात आउजाउ धेरै हुने भएकोले  तथा धर्मकर्मका नाममा विभिन्न शक्तिपिठ र मठमन्दिरमा भेला, जमघट बढेको पाइएकाले यसले संक्रमण बढाउन थप सहयोग गर्ने भएकाले निषेधाज्ञा गरिएको डिसिसिएमसीको सूचनामा उल्लेख छ। अत्याधिक मानव चहलपहलले संक्रमणको जोखिमलाई थप उच्च बनाउने हुनाने अत्यावश्यक कामबाहेक यातायात, हुलहुज्जत, भेला जमघटजस्ता क्रियाकलाप रोक्नुपरेको पाण्डेले बताए।

सिडिसिएमसीले मठमन्दिर र शक्तिपिठहरुमा अनावश्यक भिड गर्न रोके पनि हँुदै आएको नियमित पुजाआजा भने नरोक्ने जनाएको छ। कोभिड संक्रमणबाट बँच्न आफै सचेत भएर अनावश्यक जमघट, हिडडुल र सवारी आवागमन नगर्न सचेत गराउँदै दसैं तिहारजस्ता चाडपर्व आआप्mनो घरमा बसेर मनाउन प्रशासनले आग्रह गरेको छ। निषेधाज्ञाको अवज्ञा गरेको पाइए संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ।  

प्रकाशित: ३ कार्तिक २०७७ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App