coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भाइले गरे दाइको हत्या

सल्यानमा एकजनाले आफ्ना दाइको हत्या गरेका छन्। वनगाढ कुपिण्डे नगरपालिका–१०, जोगिन्द्रका १७ वर्षीय गेदलालले शुक्रबार साँझ दाइ अमर पुन मगरलाई दाउरो प्रहार गरी हत्या गरेका हुन्।

‘गेदलाले अमरलाई टाउकोमा दाउराले प्रहार गरी घाइते बनाए,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीले भने, ‘घाइते अवस्थामा रहेका अमरलाई घिसार्दै पहरामा फालेर हत्या गरे।’ दाइको हत्या गरेर गेदलाल अझैं पनि फरार छन्।  

दुई भाईबीच कसरी झगडा भयो भन्ने विषय अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७७ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App