८ वैशाख २०८१ शनिबार
समाज

गस्तीमा गएका प्रहरीका असई मृत फेला, जवान बेपत्ता

नेपाल–भारत सीमा नजिकै नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव आज बिहान सीमा नाका मोहना नदीमा फेला परेको हो।  

शनिबार राति गस्तीमा गएका बिक र प्रहरी जवान रामबहादुर साउँद रातिदेखि नै सम्पर्कविहीन थिए। चौकीबाट शनिबार राति साढे ८ बजे मोटरसाइकलमा गस्तीमा गएका उनीहरु राति साढे १० बजेबाट सम्पर्कविहीन भएका थिए।  

उनीहरु सवार मोटरसाइकल फेला परेको करिव ३ किलोमिटरको दूरमा रहेको मोहना नदीमा बिकको शव फेला परे पनि साउँद भने अहिलेसम्म बेपत्ता छन्। प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसहितको टोली अहिले घटनास्थलमा पुगेको छ। प्रहरीले उनीहरु तस्करसँगको भिडन्तमा मारिएको हुनसक्ने आशंका गरेको छ।

प्रकाशित: २ कार्तिक २०७७ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App