७ वैशाख २०८१ शुक्रबार
समाज

छायाँकार मास्केको निधन

नेपालको पहिलो छायाँकार वैकुण्ठमान मास्केको निधन भएको छ। कोरोना भाइरस संक्रमित ८३ वर्षीय मास्केको शुक्रबार उपचारको क्रममा निदान अस्पतालमा मृत्यु भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए। सात वर्षदेखि मृगौलाको रोगी हुनुहुन्थ्यो,’ संघका उनले भने, कलेजोका बिरामीसमेत रहनु भएका उहाँलाई आइतबार कोरोना भाइरस पुष्टि भएको थियो। त्यसलगत्तै निदान अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन हो।’

उनको शवलाई नेपाली सेनाको स​लामीस​हित ​शुक्र​बार​ प​शुप​तिको विद्युतीय​शव दाह​मा उनको अन्त्यष्टी ग​रिएको थियो। २०२१ मा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट छायाँकनको तीन वर्षे डिप्लोमा अध्ययन पूरा गरेर नेपाल फर्किएपछि उनले सहायक छायाँकारको रूपमा फिल्मी क्षेत्रमा सुरूवात गरेका थिए।

इञ्जिनियर बन्ने रहर पालेका छायाँकार मास्केले एक अन्तर्वाताको क्रममा भनेका थिए, विदेश पढ्न छात्रवृत्तिबाहेक आफ्नो खर्चमा जान सम्भव थिएन। विदेशीको पछि लागेर एभरेष्ट बेस क्याम्पसम्म पुगेपछि क्यामेराप्रतिको मोह बढेको थियो। त्यसपछि मुश्किलले छात्रवृत्ति पाएर भारतमा पढ्ने अवसर पाएको थिएँ।’ नेपाल फर्किएपछि उनले प्रचार प्रसार मन्त्रालयमा जागिर खाएका थिए। जागिर गर्दा सर्टिफिकेट अनुसारको काम गर्नको लागि संघर्ष गर्नुपरेको उनले बताएका थिए।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलगायतमा समते काम गरेका उनले दर्जन हाराहारी नेपाली फिल्मको छायाँकन गरेका थिए। उनको योगदानलाई सम्मान गर्दै गत वर्ष चलचित्र निर्माता संघले वीरगन्जमा गरेको ‘स्वर्णिम चलचित्र उत्सव’मा उनलाई राष्ट्रपतिको हातबाट नेपाली फिल्मको पहिलो छायाँकारको रूपमा सम्मान गरेको थियो।

यसैबीच मास्केको निधनले नेपालको छायांकन तथा चलचित्र क्षेत्रमा वरिष्ठ सर्जक गुमाउनु परेको मिडिया एलायन्स नेपालले जनाएको छ। एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले शोक विज्ञप्ति मार्फत स्वर्गिय मास्केप्रति चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं।’

प्रकाशित: २ कार्तिक २०७७ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App