१० कार्तिक २०७७ सोमबार
समाज

न्यायालयमा यसरी छिर्‍यो भाइरस

सर्वाेच्च अदालतमा शुक्रबार बहस गरिरहेका अधिवक्ता दीपनारायण साहलाई रोक्ने क्रममा न्यायाधीश अनिलकुमार सिन्हाको मुखबाट फुत्कियो, ‘भयो, भयो कोरोना नसार्नुस्।’ बहसका क्रममा अधिवक्ता साह कुनै कागज पेस गर्न खोज्दै थिए भने न्यायाधीश सिन्हा त्यो कागज लिनबाट तर्कंदै गरेको देखिन्थ्यो। दसैं बिदा सुरु हुनुभन्दा अघिल्लो दिन धेरै थान मुद्दा पेसी चढेकाले न्यायाधीश र कानुन व्यवसायीलाई सुनुवाइ सकाउन हम्मेहम्मे परिरहेको थियो।

कोरोना भाइरस (कोभिड–१९) को डर भए पनि पक्षलाई न्याय खोज्दै अदालत धाउनुपर्ने, कानुन व्यवसायीलाई बहसमा उपस्थित हुनुपर्ने र न्यायाधीशलाई फैसला सुनाउनुपर्ने बाध्यता छ।

जेलमा कैदीबन्दीबाट हस्ताक्षर भएर आएका कागज, प्रहरीले अनुसन्धान गरेका दसी र प्रमाणको मूल्यांकन गर्ने क्रममा पेस गरिने प्रमाण कागजात, खाजा खाँदा टेबुल, प्लेट, चम्चाको प्रयोगमा हुने असावधानीले न्यायाधीश, कानुन व्यवसायी र कर्मचारीमा कोरोना भाइरस सरिरहेको छ।

सर्वाेच्च अदालतका केही न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीमा कोरोना संक्रमण भइसकेको छ। पचास वर्ष उमेर नकाटेका चार कानुन व्यवसायी दीपक बिष्ट, श्रीराज कोइराला, रामबहादुर निरौला र हरेकृष्ण कायस्थको कोरोना संक्रमणबाट ज्यान गएको छ। क्यान्सर, मुटुलगायत पुराना कडा रोग भएका व्यक्तिमा कोरोना संक्रमण हुँ्दा असहज अवस्था आउँछ भन्ने उदाहरण पनि उनीहरु बनिसकेका छन्।

‘संक्रमण न्यायाधाीश, कर्मचारी, कानुन व्यवसायीमा कसरी स¥यो होला भनेर वैज्ञानिक कारण त खोजिएको छैन तर विश्लेण गर्ने हो भने विभिन्न कारण हुन सक्छन्,’ नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको आशंका छ। ‘मिसिलबाट भाइरस सर्न सक्ने एउटा अवस्था होला। त्योभन्दा बढी कारण अरु हुन सक्छन्। ती कारण सम्पर्ककै कारण हुन्।’ खानपान र भीडभाडले पनि अदालतका सबै तहमा कोरोना संक्रमणले फँडा फिजाइसकेको छ।

जेलमा कैदीबन्दीबाट हस्ताक्षर भएर आएका कागज, प्रहरीले अनुसन्धान गरेका दसी र प्रमाणको मूल्यांकन गर्ने क्रममा पेस गरिने प्रमाण कागजात, खाजा खाँदा टेबुल, प्लेट, चम्चाको प्रयोगमा हुने असावधानीले न्यायाधीश, कानुन व्यवसायी र कर्मचारीमा कोरोना भाइरस सरिरहेको छ।

मिसिल, कागजात, दसी वा प्रमाणबाटै कोरोना सर्ने त होइन भन्ने डर न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीलाई नभएको होइन तर त्यसको विकल्प तत्कालै अघि सारिएको पनि छैन। ‘मिसिलबाटै कोरोना सरेको हो भन्ने हो भने पनि लकडाउन अवधिभर नै सक्रिय न्यायाधीश, कर्मचारी र फ्रन्टलाइनमा काम गर्ने कानुन व्यवसायीमा संक्रमण देखिएको छैन,’ श्रेष्ठ थप्छन् ‘सायद सहयोगी, पिएसओ वा सम्पर्कको अन्य कारणबाट भाइरस सरेको हुनसक्छ।’

सर्वाेच्च अदालतका केही न्यायाधीश, अधिकृत कर्मचारी र कानुन व्यवसायीमा भाइरस संक्रमण बढ्दा न्यायक्षेत्र गम्भीर ढंगले प्रभावित भइसकेको छ। दसैंअघिका दुई साता सर्वाेच्च अदालतले थुनुवा, रिट, मुद्दा र निवेदनको अन्तिम सुनुवाइ स्थगित गरिसकेको छ भने अब कहिले सहज सुनुवाइ होला सजिलै अनुमान गर्न सकिने अवस्था छैन। संवैधानिक इजलास स्थगित हुँुदा राजनीतिक मुद्दामा पनि असर परेको छ।

अन्तरिम आदेश माग भएका निवेदनमा समेत एकल इजलासले झिकाएका मुद्दाको सुनुवाइ र थुनुवाका मुद्दाको सुनुवाइ रोकिँदा न्याय नै प्रभावित भएको छ। चैत ११ देखि जेठ मसान्तसम्म पूर्ण लकडाउनका कारण प्रभावित मुद्दामा असारमा लकडाउन खुकुलो भएसँगै सुनुवाइ थालिए पनि असोज पहिलो साता नबित्दै पुनः संक्रमण दर बढ्न थालेपछि सुनुवाइ सीमित गरिएको छ।

दसैं–तिहारजस्ता चाडपर्वले यसै पनि सुनुवाइमा असर पर्नु अस्वाभाविक होइन तर कोरोना भाइरसकै कारण कहिलेसम्म न्यायमा असर पर्ने हो यसै भन्न सकिने अवस्था छैन। ‘नेताहरुको जस्तो जनसम्पर्क नभएकाले न्यायाधीश र कर्मचारीमा संक्रमण कम देखिनुपर्ने हो तर त्यसो भइरहेको छैन,’ बार अध्यक्ष श्रेष्ठको विश्लेषण छ। ‘पिएसओ, सहयोगी कर्मचारीजस्ता भीडभाडमा जाने व्यक्तिको सम्पर्कमा पर्दा संक्रमण भएको हुनुपर्छ।’

जेलमा ओसारिने सामानसँगै त्यहाँ कोरोना भाइरस भित्रिएको र मिसिसँगै अदालतमा भित्रिएको श्रेष्ठको आंशका छ। कागजातको प्रयोग र मिसिलका साथमा कोरोना अदालत छिर्ने एउटा माध्यम हो। खाजा खाँदा साझा टेबुल प्रयोग र गाडीको साझा प्रयोग अर्काे कारण हुन सक्छ। लकडाउन अवधिभर सीमित संख्यामा हुने सुनुवाइमा नछिरेको कोरोना साउनपछि सुनुवाइ खुकुलो हुँुदा न्याय नै तहसनहस पार्नेगरी भित्रिइसकेको छ।

घरमा लगिने ग्यास, तरकारी, खाद्य सामग्री, कार्यालयमा प्रयोग हुने क्यान्टिनमा हुने असावधानीले कोरोना फैलिरहेको छ। अदालतका साना कोठामा धेरैजना कर्मचारीले काम गर्नुपर्ने अवस्थालगायत कारणबाट पनि न्यायालय असुरक्षित भएको हुनसक्ने आफैं पनि संक्रमित बनेका सर्वाेच्च अदालत आधिकारिक टे«ेड युनियनका सचिव हरि भट्टराइको विश्लेषण छ। ‘म आफैं कसरी संक्रमित भएँ भनेर खुट्याउन सकेको छैनँ,’ भट्टराई भन्छन्, ‘सबै साथीभाइ आउनेजाने हुन्थ्यो, घर परिवारका सदस्यझैं गर्दा साथीभाइबाटै मलाई सरेछ, मैले परिवारका सदस्यलाई सारेछु।’ भट्टराई र उनको परिवारका सबै सदस्य अहिले कोरोनामुक्त हुने क्रममा छन्।

न्यायालयमा भाइरस सत्रंmमणका अरु धेरै कारण हुन सक्छन्। ‘सबैजनाले मास्क लगाए पनि खाजा एउटै टेबुलमा बसेर खानु, बिस्कुट जस्ता खाजा खाँदा साझा प्लेट प्रयोग गरिनु, गाडी, कार वा बाइकको साझा प्रयोग पनि संक्रमणको कारण हुनसक्छ,’ नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलको विश्लेषण छ।

देशैभरका कानुन व्यवसायीसँग नियमित सम्पर्कमा रहने महासचिव पौडेलको विचारमा धेरैजना कानुन व्यवसायी र कर्मचारीले अझै पनि आफ्नो अवस्था सार्वजनिक नगरेकाले संक्रमित संख्या धेरै हुनसक्छ। कतिपय पहिल्यै संक्रममित भएर ठीक भइसककेका होलान्। त्यसैले को संक्रमित भयो, को भएन भनेर सजिलै भन्न सकिने अवस्था छैन। ‘अदालतमा फाँटवाला कर्मचारीले फाइल लिने, मिसिल केलाउने, तारेख दिने र न्यायाधीशसम्म पु-याउनुपर्छ,’ महासचिव पौडेल भन्छन्, ‘तर एउटै कोठामा ५÷७ जनाले काम गर्नुपर्दा एकजना संक्रमित हुनेबित्तिकै अरु सुरक्षित हुने कुरै छैन। त्यसको असर सबैतिर पर्नु अस्वाभाविक पनि होइन।’

प्रकाशित: २ कार्तिक २०७७ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App