coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लाखौँ मूल्यको अवैध काठ बरामद

लाखौँ मूल्य बराबरको अवैध काठसहित रौतहटमा एकजना पक्राउ परेका छन्। रौतहटको गुजरा नगरपालिका वडा नम्बर ५ का मुस्लिम मिया धुनिया ठूलो परिमाणमा काठसहित पक्राउ परेका हुन्।

राष्ट्रिय वनबाट अवैध रुपमा काठ भन्डारण गरेको सूचनाको आधारमा धुनियाको घरमा सम्बन्धित निकायले खानतलासी गरेको छ। धुनियाको घरबाट पन्ध्र क्वुफिट काठ बरामद भएको चोचा सब डिभिजन वन कार्यालयका प्रमुख राजेश साहले बताएका छन्। काठ बरामद भएपछि काठ र धुनियालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले जानकारी गराएका छन्।  

चाडवाडको समय आएपछि रौतहटको बनबाट हरेक वर्ष काठको तस्करी बढ्ने गरेको छ। यस वर्ष कोरोनाको समयमा पनि वनमा व्यापक मात्रामा काठ चोरी तस्करी भएको छ। पछिल्लो एक महिनामा वन कार्यालयको गस्ती बढेपछि धमाधम काठ पक्राउ पर्न थालेको छ। एक महिनामा करिब ६५ क्युफिट सालको गोलिया बरामद भइसकेको कार्यालयले जनाएको छ।  

पछिल्लो समय काठको तस्करीमा साइकलको प्रयोग बढेको देखिएको छ। दिउँसोको समयमा साइकलको प्रयोग गरी सालको गोलियाको तस्करी गर्ने बढेको हो। गत एक महिनामा वन कार्यालयले आठ वटा साइकल पनि बरामद गरेको छ।

प्रकाशित: १ कार्तिक २०७७ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App