७ वैशाख २०८१ शुक्रबार
समाज

वीरगन्जको रेशमकोठीबाट २३ किलो बढी 'सुुन' बरामद

जिल्ला प्रहरी कार्यालय, पर्साले शनिबार दिउँसो छापामारी गरी वीरगन्ज–५ रेशमकोठीबाट २३ किलोभन्दा बढी सुन बरामद गरेको छ। अलग अलग आकारका सुनको बिस्कुट २२ किलो ५७६ ग्राम र सुनबाट बनेका गहनाहरु ६५४ ग्राम बरामद भएको हो। 

‘सुन राखिएको सूचना पाएर हामीले त्यहाँ रीतपूर्वक छापामारी गरेका छौं, बरामद भएका बस्तु सुन नै हुनुपर्छ। सुनचाँदी ब्यवसायि संघका ब्यक्ति लाई बोलाएर हामीले जाँच गराउन लागेका छौं,’ पर्सा कि प्रहरी उपरीक्षक गँगा पन्तले भनिन्, ‘पहिलो पिस परीक्षण हुँदा सुन नै निस्कियो, अरु परीक्षण हुदैछ।’

वीरगन्ज बस्दै आएका एक जना भारतीय नागरिक अशोक सिन्हाको फ्ल्याटमा प्रहरीले छापामारी गरी उक्त बस्तु बरामद गरेको हो। शनिवार दिउँसो साढे १ बजेको समयमा प्रहरी टोलीले रेशमकोटीस्थित श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं. फ्ल्याटमा छापामारी गरी उक्त परिमाणको सुन मानिएको धातु बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भारत पूर्वी चम्मपारण हरैया निवासी सिन्हाको बस्दै आएको फ्लैटमा सुन तथा चाँदी लुकाइ छिपाई राखिएको छ, भन्ने बिशेष सूचनाको अधारमा प्रहरी उपरीक्षक पन्तकै नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीय भद्र भलादमीको रोहब्बरमा रितपूर्वक खानतलासी गरेको जिल्ला प्रहरीले जनाएको छ।  

बिस्कुट १ के.जी.को दरले १३ वटा गरी तेह्र किलो, मझैला आकारको बिस्कुट मझौला आकारका बिस्किट ४६ पिस गरी ८  किलो ५ सय ७६ ग्राम र १०० ग्राम वजनका सानो बिस्कुट १० पिस गरी १ किलो सुनको स्वरुपको धातु बरामद भएको हो। जसको जम्मा वजन बाइस किलो ५ सय ७६ ग्राम रहेको छ। संगसंगै बिभिन्न खाले गरगहाना बनाइएका छव ८१ ग्राम सुन मानिएका धातु पनि फेला परेको छ।  

त्यस्तै चाँदीका जस्ता गरगहाना तथा भाँडा कुडा दुई किलो २ सय ६२ ग्राम फेला परेको छ। परीक्षणपछि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइने प्रहरी उपरीक्षक पन्तले बताइन्।

प्रकाशित: १ कार्तिक २०७७ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App