पूर्व राजा ज्ञानेन्द्र शाहले यो वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्। कोरोना (कोभिड १९) महामारीका कारण उत्पत्न असहज परिस्थितिका कारण महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन गर्ने कार्यक्रम पनि स्थगित गरिएको शाहका प्रेस सल्लाहकार मणि थापाले जानकारी दिए।
यसअघि पूर्व राजा शाहले महाअष्टमीका दिन विभिन्न शक्तिपीठको दर्शन गर्ने गरेका थिए भने दसैंमा सर्वसाधारणलाई टीका समेत लगाइदिने गरेका थिए।
प्रकाशित: १ कार्तिक २०७७ ०७:२३ शनिबार