८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा मृत्यु

मोरङको उर्लाबारीस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार दिउँसो बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर–३ का धरबहादुर अधिकारी छन्।  

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४३१९ नम्बरको बोलेरोले सोही दिशा हुँदै टाँडीतर्फ जान खोजेको को १७ प १०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडी सवार अधिकारीको मृत्यु भएको हो। दुर्घटनाबाट गम्भीर घाइते भएका अधिकारीको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।  

घाइते मोटरसाइकल चालक सोही ठाउँका ४३ वर्षीय कुमार गेलालको अरनिको  हस्पिटलमा उपचार भइरहेको छ। ठक्कर दिने बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिए।

प्रकाशित: ३० आश्विन २०७७ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App