८ वैशाख २०८१ शनिबार
समाज

१४ वर्षीया बालिकालाई बलात्कार पछि हत्या गर्ने पक्राउ

उखु खेतमा बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय रौतहटले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ४ हर्दिया पल्टुआका ४५ वर्षका चुनु साह तेली रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।  

गत असोज १६ गते वृन्दावन नगरपालिका वडा नम्बर ४ स्थित मामाघरमा रहँदै आएकी १४ वर्षकी एक बालिकालाई चुनु साह तेलीले उखु खेतमा बलात्कार गरी हत्या गरेका थिए। चुनु साहकी छोरीको नजिकको मिल्ने साथी भएकीले बालिकामाथि तेलीको गिद्धेदृष्टि पहिलेदेखि नै रहेको थियो। घटना भएको दिन बालिका एक्लै घाँस काट्न उखु खेततिर गएपछि एकान्तको मौका छोपी तेलीले बालिकालाई ललाई फकाई गरेर जबरजस्ती करणी गर्दा बालिकाले अरुलाई भनिदिन्छु बताएपछि अरुले थाहा पाउने डरले तेलीले बालिकाको घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष प्रारम्भिक अनुसन्धानमा स्वीकार गरिसकेको प्रहरीले बताएको छ।  

हत्या गरेर फरार रहेका तेलीलाई प्रदेश प्रहरी र रौतहट प्रहरीको संयुक्त टोलीले गरुडा नगरपालिका ४ बाट पक्राउ गरी रौतहट जिल्ला अदालतसमक्ष पेश गरिसकेको छ। जिल्ला अदालतले पनि १५ दिनको म्याद राखी अनुसन्धानको अनुमति दिएको प्रहरीको भनाइ छ।  

बालिकाको हत्या भएपछि रौतहटमा अपराधी पक्राउ गर्न व्यापक दबाब भइरहेको थियो। विभिन्न संघसंस्थाले दबाबमूलक कार्यक्रमहरु आयोजना गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई अपराधी पक्राउ गर्न ज्ञापनपत्रसमेत बुझाएका थिए।

पक्राउ परेका तेलीलाई नियन्त्रणमा लिई रौतहट जिल्ला अदालतबाट १५ दिनको म्याथ थप भई अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी गराएका छन्।  

अपराधी पक्राउ परेपछि जिल्लामा प्रहरी तथा प्रशासनमाथि केही विश्वास बढेको पाइएको छ। जिल्लाका अन्य ठूला अपराधको घटनाका अपराधी पक्राउ पर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २९ आश्विन २०७७ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App