coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रुपन्देही र अर्घाखाँचीका २ जना कोरोना संक्रमितको मृत्यु

अर्घाखाँचीबाट उपचारका लागि बुटवल ल्याइएका एक जना संक्रमितको उपचार नपाएरै मृत्यु भएको छ। अर्घाखाँचीको भुमिकास्थान ९ का ७३ वर्षे पुरुषको बुटवलका अस्पतालमा आइसीयु बेड खाली नभएपछि दाङ लैजादै गर्दा आज बिहान बाटोमै मृत्यु भएको हो। असोज २७ गते संक्रमण पुष्टि भएका उनलाई २८ गते बुटवल ल्याइएको थियो।  

अस्पताल ल्याउँदादेखि नै स्वास्थ्य अवस्था गम्भीर भएका ती संक्रमितलाई आइसीयु बेड खाली नभएकाले आइसोलेसन र्वाडमै राखिएको थियो। गएराती स्वास्थ्य अवस्था झन् बिग्रीदै गएपछि दाङको बेलझुण्डि रेफर गरेको प्रादेशिक अस्पतालका सूचना अधिकृत डा. बिष्णु गौतमले बताए। दाङ लैजाने क्रममा बिहीबार बिहान पौने ८ बजेतिर बाटोमै मृत्यु भएको डा. गौतमले बताए।  

यसैबीच कोरोना अस्पतालमै उपचारत बुटवलकी एक महिलाको पनि आज बिहान मृत्यु भएको छ। बुटवल ७ की ७० वर्षे संक्रमित महिलाको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज बिहान सवा ९ बजे मृत्यु भएको डा. गौतमले बताए। असोज २१ गते ती महिलालाई संक्रमण पुष्टि भएको थियो। ती महिलालाई उच्च ज्वरो र निमोनीया देखिएको डा. गौतमले बताए।

उपचारै नपाएर संक्रमितले ज्यान गुमाइरहदा र लक्षणसहितका संक्रमित थपिइरहदा प्रदेश सरकारले अस्पतालको क्षमता विस्तारमा ध्यान दिएकै छैन। गत चैतमा तयार गरीएका संरचनाले नै अहिले सम्म काम चलाइएको छ। १ सय बेडको भनेर सुरुमा प्रचार गरीएको बुटवलको कोरोना अस्पतालमा ४ वटा भेन्टिलेटरसहितको १६ बेड आइसीयु र ३२ बेड आइसोलेसन छन्। ती बेडहरु सबै भरीएका छन्। भैरहवामा ५ बेड आइसीयुसहित २२ बेड छन्। तर त्यहाँ जनशक्ति नहुँदा संक्रमितले उपचार पाउन नसकेको चिकित्सकहरु नै बताउँछन्।

प्रकाशित: २९ आश्विन २०७७ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App