८ वैशाख २०८१ शनिबार
समाज

बुटवलमा थप एक जना संक्रमितको मृत्यु

कोरोना अस्पताल बुटवलमा उपचारत पश्चिम नवलपरासीका एक जना संक्रमितको मृत्यु भएको छ।

सुनवल नगरपालिका–४ का ७७ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकृत डा. बिष्णु गौतमले जानकार दिए। अशोज २६ गते लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका उनलाइ त्यही दिन पिसीआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो। 

मुटुको समस्या भएका उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएको थियो। कोरोना पुष्टि भएपछि कोरोना अस्पतालको आइसीयुमा राखेर उपचार थालिएपनि बुधबार मृत्यु भएको डा.गौतमले बताए।

प्रकाशित: २८ आश्विन २०७७ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App