coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विराटनगरमा थप एक जना संक्रमितको मृत्यु

विराटनगरमा अर्का एक जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ। मोरङ बूढीगंगा गाउँपालिका–३ बाँसबारीका कोरोना संक्रमित पुरुषको मंगलबार राती मृत्यु भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको कलेजका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए। असोज १५ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना भएका  उनमा श्वासप्रश्वास र मृगौला सम्बन्धी समस्या थियो।

प्रकाशित: २८ आश्विन २०७७ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App