८ वैशाख २०८१ शनिबार
समाज

वडाध्यक्षले सुटुक्क गरे भान्जीलाई शिक्षक नियुक्त

कपिलवस्तुको मायादेबी गाउँपालिका–८ का वडाध्यक्ष कृष्णनारायण तिवारीले गुपचुपमा आफ्नै भान्जीलाई शिक्षकमा नियुक्त गरेका छन्। साबिक बिजुवा गाउँपालिकास्थित राष्ट्रिय निमाबि जीग्नीहवामा सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका तिवारीले भान्जी चन्द्रकला तिवारीलाई प्राबि करारमा नियुक्त गरेका हुन्।  

गुपचुपमै प्रकृया मिलाएर सुद्धोदन गाउँपालिका–६ कपासीकी चन्द्रकलालाई शिक्षक बनाएको स्थानीय राम बिलास कोहारले आरोप लगाए। शिक्षक आवश्यक्ताको सूचना वडा कार्यालय, गाउँपालिका, शिक्षा समन्वय इकाई कार्यालय लगायतमा सार्वजनिक सूचना टास्नु पर्ने प्रावधान छ। यस्तै पत्रिकामा समेत सूचना निकाल्नु पर्छ। गतको शनिबार असोज २४ गते जिल्ला शिक्षा समन्वय कार्यालय कपिलवस्तुमा लिखित परीक्षाका दिन मात्र सो सूचना बिहान टासिएको कोहारले बताए।  

शिक्षक आवश्यक्ता सम्बन्धी सूचना निस्केको भन्ने सुने पनि आफू वडा कार्यालय, गाउँपालिका र शिक्षा समन्वय कार्यालय पटक पटक जादा पनि सूचना नदेखेको उनले बताए। ‘सो विद्यालयका प्रअ राम बिलास कोरी, वडाध्यक्ष तिवारी र अन्य शिक्षकसंग शिक्षक आवश्यक्ताको सूचाना बारे सोध्दा कसैले केही बताएनन्’ उनले भने ‘भित्रभित्रै सूचना गुपचुप र गायब पारेर कागनी प्रकृया मिलाएर वडाध्यक्षले आफ्नै भान्जीलाई शिक्षक बनाएका छन्’ उनले भने।  

उनका अनुसार परीक्षा बारे जानकारी भएको भए थुप्रैले आबेदन दिने थिए। तर प्रकृया मिलाउनका लागि केवल ३ जनाले मात्र आबेदन दिएको देखाइएको छ। चन्द्रकला तिवारी, शिव दयाल यादव र गंगाराम लोहारले मात्र सो पदमा आबेदन दिएका थिए। गत असोज २४ गते जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयमा औपचारिकताका लागि मौखिक र लिखित परीक्षा लिइएको थियो।  

सोही दिन नजिता पनि प्रकाशन गरिएको थियो। मायादेबी गाउँपालिकाका स्थानीय अगुवा फैजल खाले आफै विद्यालय ब्यवस्थापन समितिक अध्यक्ष भएको विद्यालयमा आफ्नै भान्जीलाई शिक्षक बनाउन परीक्षाको नाटक रचेको आरोप लगाए। ‘मैले पनि शिक्षक आवश्यक्ताको सूचना प्रअ र वडाध्यक्षसंग माग्दा पाईन’ उनले भने। गुपचुपमा गरिएको शिक्षक नियुक्तीको परीक्षा रद्द गरिनु पर्ने भन्दै आफूहरुले शिक्षा समन्वय इकाई र गाउँपालिकामा समेत निबेदन दिएको बताए। उनले सो परीक्षा रद्ध गरी नयाँ प्रकृया अनुसार शिक्षक नियुक्त गर्नुपर्ने माग गरे।  

उता वडाध्यक्ष तिवारीले गत असोज १ गते नै वडा कार्यालय, गाउँपालिका र शिक्षा समन्वय इकाईको कार्यालयमा सूचना टाँस गरिएको दाबी गरे। यस्तै पत्रिकामा समेत सूचना प्रकाशित गरेको र सबै प्रकृया अपनाएर योग्य ब्यक्तिलाई नै शिक्षकमा नियुक्त गरिएको उनले बताए। ‘सबै प्रकृया अपनाएर शिक्षक नियुक्त गरका र्छौ ’ उनले भने। उता प्रअ रामदेब कोरीले शिक्षक नियुक्ती गुपचुप नभै प्रकृया कै आधारमा गरिएको दाबी गरे।

प्रकाशित: २६ आश्विन २०७७ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App