coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सोती घटनाः न्यायाधीशहरूकै राय बाझियो

उच्च अदालत सुर्खेतमा खबरदारी गर्दै पीडित पक्ष र दलित अधिकारकर्मीहरू। तस्विरः गणेश विशु/नागरिक

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका दोषी भनिएकाहरू (प्रतिवादी) जिल्ला अदालत रुकुम पश्चिमको आदेशविरुद्ध उच्च अदालत सुर्खेतमा भएको बहसमा उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीश कुमाल चुडाल र प्रतिवादीतर्फका अधिवक्ता सुदर्शनदेव भट्टबीच राय बाझिएको छ। थुनामा वा तारेखमा राखेर अनुसन्धान गर्ने भन्ने विषयमा उनीहरूबीच राय बाझिएको हो।

प्रतिवादी भीमबहादुर बुढा, डिल्ली, तुलाराम, लोकेन्द्र घर्ति, सौरभ र सविन पुनलाई साधारण तारेखमा राखेर थप अनुसन्धान गर्ने प्रतिवादीतर्फका कानुन व्यवसायीले राय दिएका छन् भने उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीशले जिल्ला अदालत रुकुम पश्चिमकै आदेश ठीक भएको राय दिएको उच्च अदालत सुर्खेतका रजिष्ट्रार माधवप्रसाद पौडेलले जानकारी दिए। जिल्ला अदालत रुकुम पश्चिमले बाल सुधार गृहमा पठाएका दुईजना बालिकालाई भने अभिभावकको संरक्षणमा राखेर अनुसन्धान गर्ने विषयमा सहमत भएका छन्। जिल्ला अदालत रुकुम पश्चिमले तीनजनालाई साधारण तारेख, एकजनालाई एक लाख रूपैयाँ धरौटी, दुईजनालाई बालसुधार गृह र अन्यलाई थुनामा राखेर अनुसन्धान गर्न थुनछेक आदेश दिएको थियो। उक्त आदेशविरुद्ध प्रतिवादीहरू उच्च अदालत सुर्खेत पुगेका हुन्। ३४ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दा जिल्ला अदालत रुकुम पश्चिममा दर्ता भएको थियो। अहिले २८ जना थुनामा छन्।

प्रतिवादीले पटकपटक गरी २२ वटा निवेदन उच्च अदालत सुर्खेतमा दर्ता गराएको उच्च अदालत सुर्खेतका प्रवक्ता थिरेन्द्रकुमार सुवेदीले जानकारी दिए। उक्त मुद्दामा असोज ८ गतेदेखि उच्च अदालत सुर्खेतमा बहस भएको थियो।  

सयुंक्त इजलासबाट हेरिएको उक्त दफा ७३ को निवेदनमा सुनुवाइ गर्दा दुईजना न्यायाधीशहरूका बीच मतैक्यता हुन सकेन। न्याय प्रशासन ऐन, २०७३ को दफा १६ को (३) र उच्च अदालत नियमावली नियम (१२) बमोजिम दुवै न्यायाधीशको रायसहित यो मुद्दा तेस्रो न्यायाधीशसमक्ष पेस हुने छ। यदी तेस्रो न्यायाधीशसमक्ष पेस गर्दा पनि बहुमत कायम हुन नसकेमा पक्षहरूको तारिख तोकी सबै न्यायाधीशहरूको रायसहित सो मुद्दाको मिसिल निर्णयार्थ सर्वाेच्च अदालतमा पठाउनुपर्ने कानुनी व्यवस्था छ।  

जेठ १० गते रूकुम पश्चिमको सोतीमा नवराज विकसहित ६ जनाको ज्यान गएको थियो। पीडित पक्षले अन्तरजातीय विवाह गर्न आफ्नी प्रेमिका लिन गएका नवराजसहितका ६ जनाको सामूहिक हत्या भएको दाबी गर्दै आएका छन्।

प्रकाशित: २६ आश्विन २०७७ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App