७ वैशाख २०८१ शुक्रबार
समाज

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ। आफ्नी १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जन्म कैदको फैसला गरेको हो।

छोरीलाई पटक–पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो। बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा स्वीकारेका उनलार्ई जन्म कैदको फैसला गरिएको जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीले बताए। अदालतले जन्मकैदको फैसलासहित ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।

आरोपित उनी आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत थिए। उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदूरी गर्दै आएका उनले छोरीलाई पटक–पटक बलात्कार गरेको अदालतमा बयान दिएको जनाइएको छ।

हाडनाता करणी गरेका उनको नेपालभर कतै पनि कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट ९पीडित राहतकोष० बाट ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला छ। पीडितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट नगद दिलाउने फैसला भएको अदालतले जनाएको छ।रासस 

प्रकाशित: २५ आश्विन २०७७ १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App