७ वैशाख २०८१ शुक्रबार
समाज

रसुवामा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

रसुवामा आइतबार थप ६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। जिल्लाको कालिका गाउँपालिकामा शनिबार दुई जनाको कोरोना पुष्टि भएकोमा आइतबार थप ६ जनामा कोरोना पुष्टि भएको हो। दुई दिनमा २ जना महिला र ६ जना पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।  

गाउँपालिकाभित्र कोरोना संक्रमण बढेको भन्दै कालिका गाउँपालिकाले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ। जिल्लाका संक्रमितमध्ये २१ जना निको भएर घर फर्किसकेका छन्।  

सक्रिय संक्रमितमध्ये चार जना आइसोलेसन सेन्टर र ७ जना होम आइसोलेसनमा रहेका छन्। जिल्लामा हालसम्म १ हजार १ सय १६ वटा स्वाब संकलन गरिएको छ। अब २२ वटाको नतिजा आउन बाँकी छ। जिल्लामा ३५ शैयाको आइसोलेसन रहेको छ।

प्रकाशित: २५ आश्विन २०७७ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App