७ वैशाख २०८१ शुक्रबार
समाज

बर्दिया बार एशोसिएसनको अध्यक्षमा थारु

बर्दिया जिल्ला अदालत बार एशोसिएसन अध्यक्षमा प्रजातान्त्रिक प्यानलका काशीराम चौधरी विजयी हासिल गरेका छन्।  

शनिबार भएको कानुन व्यावसायीहरुको बार एशोेसिएसनको निर्वाचनमा प्रगतिशील प्यानललाई पराजित गर्दै प्रजातान्त्रिक प्यानलले जीत हासिल गरेको हो।

प्रजातान्त्रिक प्यानलको १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्।  

प्रजातान्त्रिक प्यानलबाट अध्यक्ष पदमा काशीराम चौधरीले ४९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी निर्मल सिग्देलले ३१ म्त प्राप्त गरेका हुन्।  

उक्त प्यानलबाट उपाध्यक्ष पदमा उदयमणी आचार्यले ४६ मत, सचिव पदमा लक्ष्मी नेपालले ४८ मत, कोषाध्यक्ष पदमा कमलप्रसाद गुप्ताले ४५ मत प्राप्त गरेका थिए।  

प्रगतीशिल प्यानलबाट उपाध्यक्ष पदमा देवीराम भण्डारीले ३५ मत, सचिव पदमा रमेश चौधरीले ३३ मत, कोषाध्यक्ष पदमा विन्दु जिसीले ३६ मत प्राप्त गरेकी हुन्।  

यस्तै पार्षदमा प्रातान्त्रिक प्यानलका देवीदत्त देवकोटाले ४९, दिवाकर शर्मा खनालले ४६, होमप्रसाद न्यौपानेले ४७, ईतवारी चौधरीले ४४ र शैलेन्द्रकुमार गुप्ताले ४४ मत प्राप्त गरेका थिए।  

बर्दिया बार एशोसिएसनको कुल ८७ मत मध्ये ८१ मत खसेको थियो।

प्रकाशित: २५ आश्विन २०७७ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App