coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बर्दियामा १६ जना संक्रमित थपिए

आइतबार बर्दियामा १६ जना कोरोना संक्रमित थपिएका छन्। हिजो मात्रै बर्दियामा ८० जना कोरोना संक्रमित थपिएका थिए।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी गराए।  

१९० जनामा गरिएको परीक्षणमा बर्दियाका १६ जनालाई कोरोना संक्रमण देखिएको हो।  

संक्रमित १६ जना मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाका १४ जना रहेका छन् भने बढैयाताल गाउँपालिकाका २ जना छन्। जसमध्ये १० जना पुरुष र ६ जना महिला संक्रमित रहेका छन्।  

यो सँगै बर्दियामा कोरोना संक्रमितको कुल संख्या ८ सय १९ जना भएको छ।

प्रकाशित: २५ आश्विन २०७७ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App