१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मी संक्रमण देखिएपछि उदयपुर अस्पताल बन्द

जिल्ला अस्पताल उदयपुर। तस्विरः महेश्वर

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि उदयपुर जिल्ला अस्पतालको आकस्मिक बाहेकको सेवा रोकिएको छ। शनिबार अस्पतालका एक ४८ वर्षीय पुरुष स्वास्थ्यकर्मी संक्रमित पुष्टि भएपछि आकस्मिकबाहेक अन्य सेवा आईतबारदेखि बन्द गरिएको अस्पतालले जनाएको छ।  

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि तत्काललाई वहिरंग विभाग (ओपिडी) सेवा रोकिएको बताए। थप स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउन ओपिडी बन्द गरिए पनि आकस्मिक सेवा सुचारु रहेको र उपचाररत विरामीको वार्डमै भईरहेको डा. मण्डलले बताएका छन्। संक्रमित स्वास्थ्यकर्मीमा कुनै लक्षण नदेखिएको पनि डा. मण्डलले बताए। उनी आप्mनै निवासमा होम आईसोलेसनमा रहेका छन्।  

अस्पतालसँगै त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका चालक र स्वास्थ्य शाखामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि नगरपालिकाले पनि अत्यावश्यक कामबाहेक अरु नगर्ने जनाएको छ। ३५ वर्षीय मेयरका चालक र ३७ वर्षीया महिला कर्मचारीमा संक्रमण देखिएपछि नगरपालिकाले अत्यावश्यक कामबाहेक अन्य काम नहुने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बताए। कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राही आफै डराएर कार्यालय नआउने भएकाले पनि अत्यावश्यक काम मात्र गर्ने उनले बताए।  

स्वाब दिएर मेयर चौधरीलाई काठमाडौं जान शुक्रबार विराटनगरसम्म गाडीमा लगेर फर्केका चालकमा संक्रमण पुष्टि भएपछि काठमाडौं पुगेका मेयर चौधरी त्यँही होम आईसोलेसनमा बसेका हुन्। दुर्घटनामा परी राखिएको खुट्टाको स्टील दुई महिनाअघि झिकेका मेयर चौधरी फलोअप उपचारका लागि काठमाडौं गएका हुन्। चालकमा संक्रमण देखिएपछि आईबारै स्वाव दिने गरी आफु आईसोलेसनमा बसेको उनले बताए।  

प्रकाशित: २५ आश्विन २०७७ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App