coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।   नोबेल शिक्षण अस्पतालमा दुईजना कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको हो।

सुनसरीको दुहवी–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।  महिलालाई असोज २० गते अस्पताल भर्ना गरिएको थियो। उनमा २१ गते कोरोना पोजेटिभ देखिएको थियो। महिलामा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ।

त्यस्तै नोबेलमै उपचाररत सुनसरीको हरिनगरा–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०:१५ बजे मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो।  सोही दिन गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो। मृतकमा फोक्सो सम्बन्धी पुरानै समस्या रहेको अस्पताल स्रोतले जनाएको  छ।

 

 

प्रकाशित: २५ आश्विन २०७७ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App