७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना संक्रमणबाट बाँकेमा दुईको मृत्यु

बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल। तस्बिर: नागरिक

कोरोना संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० ट्राफिक चोक निवासी ८४ वर्षका पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छा निवासी ७१ वर्षीया महिलाको मृत्यु भएको हो।  

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा ८४ वर्षीय पुरुषको शनिबार राति ९ बजेर ५५ मिनेटमा र ७१ वर्षीया महिलाको राति १० बजे मृत्यु भएको जिल्ला कोडिभ–१९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। यो सँगै बाँकेमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ।  

८४ वर्षीय पुरुषलाई स्वास्थ्य समस्या आएपछि असोज ६ गते बागेश्वरी ल्याब कोहलपुरमा पिसिआर स्वाब संकलन गरिएको थियो। भोलिपल्ट उनलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि भेरी अस्पताल कोडिभ–१९ आइसोलेसन वार्डमा भर्ना गरी उनको रोगको प्रकृति अनुसार सबै उपचार गरे पनि मृत्यु भएको श्रेष्ठले बताए।  

यस्तै ७१ वर्षीया महिलाको स्वास्थ्यमा समस्या आएपछि असोज १४ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पिसिआर स्वाब संकलन गरी जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि सोहीदिन साँझ भेरी अस्पताल नेपालगन्जको कोडिभ–१९ आइसोलेसन वार्डमा भर्ना गरिएको र उपचारको क्रममा गर्नुपर्ने सबै प्रकारका उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: २५ आश्विन २०७७ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App