coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मुद्दा मिलाइदिन्छु भन्ने बिचौलिया पुगे जेल

चलिरहेको मुद्दा भनसुन गरी मिलाएर थुनिएका छुटाइदिन्छु भन्दै बिचौलियाको काम गर्ने दुईजनालाई जेल सजाय सुनाइएको छ। जिल्ला अदालत चितवनले मुद्दा मिलाइदिने बहानामा रकम असुलेका दुईजना विचौलियालाई तीन वर्ष कैद र जरिबाना फैसला गरेको छ।

न्यायाधीश हेमन्त रावलको इजलासले लागुऔषध मुद्दा मिलाइदिन्छु भन्दै रकम र सुन लिएका बिचौलियालाई शुक्रबार कैद र जरिबाना ठहर गरेको हो। लागु औषध मुद्दा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका चारजनालाई प्रहरीको एसपीलाई भनेर मुद्दा मिलाइदिन्छु भन्दै विचौलिया बनेका सागर क्षेत्री र मानबहादुर श्रेष्ठलाई अदालतले जनही तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तोकेको हो।

मुद्दा मिलाएर थुनामा रहेकालाई छुटाइदिन्छु भन्दै बिचौलियाको काम गर्ने क्षेत्री र श्रेष्ठले थुनुवाका श्रीमतीबाट ५ लाख रुपैयाँ नगद र १० तोला सुन लिएका थिए। दुवैजनाविरुद्ध ठगी गरेको भन्दै ११ लाख ४४ हजारको बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो। बिगो माग भएको रकम दुवैजना बिचौलियाले दामासाहीमा फिर्ता गर्नेगरी फैसला भएको चितवन जिल्ला अदालतले जनाएको छ।

लागू औषध मुद्दामा प्रहरी हिरासतमा रहेका सन्तोष सिकारीलाई छुटाइदिन्छु भनी उनकी श्रीमती ज्योति सिकारीबाट ५ लाख नगद र १० तोला सुन लिएका थिए।

लागुऔषध मुद्दामा सन्तोष सिकारी, अनिल चौधरी, मनोजकुमार श्रेष्ठ, मीनबहादुर महतो पक्राउ परी थुनामा रहेका थिए। थुनामा रहेका चारैजनालाई जनही ६ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर भएको छ। उनीहरुको साथबाट प्रहरीले १० ग्राम ६० मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद गरी थुनामा राखेको थियो।

सोही ठगी मुद्दामा प्रतिवादी बनाइएका दीपेन्द्र पण्डितले आफूले रकम नलिएको बकपत्र गरेका थिए। उनले सुन पसलमा गहना धितो राख्न दुईजना आएकाले आफूले सघाएको बताएपछि उनले सफाइ पाएका छन्।

प्रकाशित: २४ आश्विन २०७७ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App