९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश १ मा ४ सय ८५ संक्रमित थपिए, १ सय १३ जना डिस्चार्ज

मोरङमा २ सय ३० जनासहित कोराना भाइरसका ४ सय ८५ जना संक्रमित शुक्रबार प्रदेश १ मा थपिएका छन्। प्रदेशमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको छ। प्रदेशका सुनसरीमा १ सय ४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४–४, खोटाङमा २, तेह्रथुम र ओखलढुंगामा १–१ र प्रदेश १ बाहिरका ३९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५२ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५१ महिला र १ सय १ पुरुष छन्। मोरङको सुन्दहरैँचामा ४ महिला १४ पुरुष, जहदामा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ७ पुरुष, कानेपोखरीमा २ महिला ७ पुरुष, ग्रामथानमा १ महिला ६ पुरुष, कटहरीमा ३ महिला ३ पुरुष, रतुवामाईमा १ महिला २ पुरुष, पथरीशनिश्चरे र उर्लाबारीमा २–२ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, लेटाङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।  

त्यस्तै, सुनसरीको धरानमा २७ महिला ३३ पुरुष, इटहरीमा २४ महिला ३५ पुरुष, इनरुवामा २ महिला ४ पुरुष, हरिनगरमा ३ पुरुष, गढी, दुहबी र बर्जुमा २–२ पुरुष, बराहक्षेत्रमा १ महिला १ पुरुष, देवानगञ्जमा २ महिला, भोक्राहा नरसिंहमा १ पुरुष र स्थानीय तह नखुलेका ४ पुरुष, झापाको भद्रपुरमा १ महिला १४ पुरुष, मेचीनगरमा ४ महिला ३ पुरुष, दमक र विर्तामोडमा ४–४ पुरुष, गौरीगञ्ज, कनकाई र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।  

त्यसैगरी, इलामको इलाम नगरपालिकामा ७ पुरुष, सूर्योदय, चुलाचुली र स्थानीय तह नखुलेका १–१ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला ५ पुरुष, महालक्ष्मीमा १ पुरुष, संखुवासभाको सभापोखरीमा २ पुरुष, खाँदबारीमा १ पुरुष, चैनपुरमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, कटारीमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, भोजपुरको भोजपुर र आमचोकमा १–१ पुरुष, टेम्केमैयुङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, ताप्लेजुङमा १ महिला ३ पुरुष, खोटाङको दिक्तेलरूपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष, ओखलढुंगाको चिशंखुगढीमा १ पुरुष र प्रदेश १ बाहिरका ११ महिला २८ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ४१ पुगेको छ।  

प्रदेशमा १ सय १३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै होम आइसोलेसनका रहेका छन्। हालसम्म ४ हजार ७ सय ७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा शुक्रबार २ हजार ४ सय ४३ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १ सय ४९ महिला ३ सय ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ३४ हजार ७ सय ७३ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०७७ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App