६ वैशाख २०८१ बिहीबार
समाज

डा. केसीको समर्थनमा वीरगन्जमा प्रदर्शन

वीरगन्जमा डा. गोविन्द केसीको समर्थनमा भएको प्रदर्शन । तस्बिर: नागरिक

चिकित्सा शिक्षा सुधारको लागि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगन्जमा प्रदर्शन भएको छ। यहाँ बेग्लाबेग्लै पक्षले डा. केसीको सर्मथनमा प्रदर्शन गरेका छन्। डा. केसीको जीवन रक्षाको माग गर्दै नेपाली कांग्रेस पार्टी, चिकित्सक, अधिकारकर्मी, र विभिन्न संघ संस्थाआवद्ध व्यक्तिहरुले वीरगन्जमा बेग्लाबेग्लै प्रदर्शन गरेका हुन्।

बिहीबार बिहान नेपाल चिकित्सक संघ, नारायणीले वीरगन्जमा बिहान ९ देखी ११ जेसम्म २ घण्टा धर्ना आयोजन गरेको छ। विर्तास्थित आफ्नै कार्यालयअगाडि संघका नारायणी अध्यक्ष डा. अरुणकुमार सिंहको अगुवाइमा भएको धर्नामा वीरगन्ज क्षेत्रका चिकित्सकहरुले सहभागिता जनाएका थिए। उनीहरुले बिहीबार नै दिउँसो ३ बजे देखि २४ घण्टे रिले अनशन सुरु गर्ने घोषणा गरेका छन्। पाँचजना अनशनमा बस्ने गरी रिले अनसन सुरु गर्ने निर्णय भएको धर्नामा सहभागी चिकित्सक संघका केन्द्रीय सहसचिव डा. निरज सिंहले बताए। अनसनको २५ दिन बितिसकेको तर सरकारले वास्ता नै नगरेको यता डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भनी चिकित्सकहरुले आक्रोश जनाए।

सत्याग्रही डा. केसीको १९ औं आमरण अनशनको २४ औं दिन नेपाली कांग्रेस पर्साको आयोजनमा वीरगन्जको घण्टाघरमा बुधवार साँझ प्रदर्शन भएको थियो। ‘डा. केसीले उठाउनु भएको चिकित्सक शिक्षामा सुधारका माँगहरूलाई पूरा गराउन तथा वहाँको जीवन रक्षा गर्न हेतु नेपाल सरकारलाई दबाव पुगेन जस्तो हामीलाई लागेको छ।,’

गिरिजाप्रसाद कोइराला फाउण्डेशन, पर्साले भने डा. केसीको जीवनसंग सरकारले खेलवाड गरेको र मेडिकल माफियासँगको साँठगाँठका कारण विगतको सहमति कार्यान्यवन गर्न नचाहेको भन्दै बुधबार साँझ विरोध ¥याली नै निकालेको थियो।

प्रकाशित: २३ आश्विन २०७७ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App