८ वैशाख २०८१ शनिबार
समाज

डा. केसीको समर्थनमा वीरगन्जमा प्रदर्शन

वीरगन्जमा डा. गोबिन्द केसीको समर्थनमा भएको प्रदर्शन। तस्विरः नागरिक

चिकित्सा शिक्षा सुधारको लागि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगन्जमा प्रदर्शन भएको छ। अनशनरत डाक्टर केसीको जीवन रक्षाको माग गर्दै नेपाली कांग्रेस, चिकित्सक, अधिकारकर्मी, र विभिन्न संघ संस्थाआवद्ध व्यक्तिहरुले वीरगन्जमा बेग्लाबेग्लै प्रदर्शन गरेका छन्।  

बिहीवार बिहान नेपाल चिकित्सक संघ, नारायणीले वीरगन्जमा बिहान ९ देखी ११ जेसम्म २ घण्टा धर्ना आयोजन गरेको छ। वीर्तास्थित आफ्नै कार्यालय अगाडी संघका नारायणी अध्यक्ष डा. अरुणकुमार सिंहको अगुवाईमा भएको धर्नामा वीरगन्ज क्षेत्रका चिकित्सकहरुले सहभागिता जनाए। उनीहरुले बिहीवार नै दिउँसो ३ बजे देखि २४ घण्टे रिले अनसन सुरु गर्ने घोषणा गरेका छन्। ‘पाँच जना अनसनमा बस्ने गरी रिले अनसन सुरु गर्ने निर्णय भएको छ,’ धर्नामा सहभागी चिकित्सक संघका केन्द्रीय सहसचिव डा. निरज सिंहले भने। अनसनको २५ दिन बितिसकेको तर सरकारले वास्ता नै नगरेको यता डा. केसीको स्वास्थ्य अवस्था बिग्रीदै गएको भनी चिकित्सकहरुले आक्रोश जनाए।

सत्याग्रही डा.गाविन्द के.सीको १९ औं आमरण अनशनको २४ औं दिन नेपाली कांग्रेस पर्साको आयोजनमा वीरगन्जको घण्टाघरमा बुधवार साँझ प्रदर्शन भयो। ‘डा. गोबिन्द केसीले उठाउनु भएको चिकित्सक शिक्षामा सुधारका माँगहरूलाई पूरा गराउन तथा वहाँको जीवन रक्षा गर्न हेतु नेपाल सरकारलाई दवाव पुगेन जस्तो हामीलाई लागेको छ,’ प्रदर्शन कार्यक्रमको नेतृत्व गरेका कांग्रेस पर्साका सभापति आदरणिय अजय कुमार द्विवेदीले भने, ‘उहाँको समर्थनमा हामी सडकमा आएका हौं, केसीको जीवन रक्षा गर्न र माग पुरा गराउन गत २० गतेदेखी सुरु भएको प्रर्दशनको समय हामी बढाउदै लैजाने छौं।’ प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनशन माफियालाई टेनसन, लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।  

गिरिजाप्रसाद कोइराला फाउण्डेशन, पर्साले भने डा. केसीको जीवनसंग सरकारले खेलवाड गरेको र मेडिकल माफियाहरुसंगको साँठगाँठका कारण विगतको सहमति कार्यन्यवन गर्न नचाहेको भन्दै बुधवार साँझ विरोध ¥याली नै निकालेको थियो। यसैविच डा. केसीको समर्थकहरुको स्वतन्त्र समुहले गरेको प्रदर्शनमा बिभिन्न संघ संस्थामा प्रतिनिधिले भाग लिए।  

प्रकाशित: २२ आश्विन २०७७ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App