coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१ सय ३१ किलो गाँजा र नाईट्रोभेट ट्याब्लेटसहित २ जना पक्राउ

पर्सा प्रहरीले वीरगन्ज महानगर क्षेत्रबाट प्रतिबन्धी लागुऔषधसहित एक युवालाई र ग्रामिण भेगबाट सावा क्विन्टल गाँजासहित एक जना ब्यक्तिलाई पक्राउ गरेको छ।  

गएराति साढे १२ बजेको समयमा जिल्ला पर्सा पटेर्वासुगौली–५ देउरियाबाट घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा १३१ किलो फेला पार्दै एक जनालाई पक्राउ गरेको छ। देउरिया बस्ने ४० वर्षीय राज ओझैयाले आफ्नो घरमा गाँजा लुकाइछिपाई राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको एउटा टोलिले छापा मारेको थियो। प्रहरी टोलीले चेकजाँच गर्दा ओझैयाले आफ्नो घरमा उक्त परिमाणको लागुपदार्थ राखेकोमा गाँजासहित उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरीले जानकारी दिएको छ।  

ओझैयालाई हिरासतमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। त्यस्तै बुधबार वीरगन्ज १७ अलौंबाट प्रहरीले मकवानपुरको हेटौडा महानगरपालिका–३ घर भएका २० वर्षीय अशोक थापालाई पक्राउ गरेको छ। थापाले नेपालमा प्रतिबन्धीत रहेको रोरेक्स सिरप ४६ वटा बोतल र पाँच पता नाईट्रोभेट ट्याब्लेट प्रदेश ३–०३–००१–६५०९० नम्बरको मोटरसाइकलमा लुकाईछिपाई लैजान लागेको अवस्थामा प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।  

प्रहरीका अनुसार थापा भारततिरबाट आउन लागेको बेला प्रहरीले रोकेर चेकजाँच गरेको थियो। थपालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २२ आश्विन २०७७ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App