coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु, दुई घाइते

धादिङमा मंगलबार भएको छुट्टाछुट्टै दुर्घटनामा परि तीनजनाको मृत्यु भएको छ। जिल्लाको  नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।  

धादिङबेसीबाट निर्माण सामग्री बोकेर कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक सडकबाट करिव ४ सय मिटर तल खसेर दुर्घटना भएको हो। मृत्यु हुनेमा ट्रक चालक गंगाजमुना गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय बेगबहादुर गुरुङ र नेत्रावती डवजोङ गाउँपालिका वडा नं ४ का ६४ वर्षीय दल बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिए।  

दुर्घटनामा परि गम्भीर घाईते भएका उनीहरुको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाईते भएका नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर २ का ५८ वर्षीय रामबहादुर तामाङलाई धादिङ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी लोकनाथ तिम्सिनाले जानकारी दिए।  

त्यस्तै जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते छन्। बा ६४ प ६९६४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलको पछाडी बसेका स्थानीय ६५ वर्षीय हरि बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक मृतका छोरा राजन बुढाथोकी घाईते छन्।

प्रकाशित: २० आश्विन २०७७ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App