coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एकैरातमा दुई फरक ठाउँमा बसभित्रै सामूहिक बलात्कार !

सहरभित्रै रात छिप्न नपाउँंदै एकजना १७ वर्षीया किशोरी एकै रातमा दुई फरक स्थानमा सामूहिक बलात्कृत भएकी छिन्। भक्तपुरको काल्हाचा सूर्यविनायकमा एउटा नम्बर नखुलेको बसभित्र उनी पहिलो पटक बलात्कृत भएकी थिइन्।  

प्रहरीका अनुसार १७ वर्षीया ती किशोरीलाई काठमाडौंको रत्नपार्कबाट पानीमा लठ्याउने औषधि मिसाई खान दिई १६ गते शुक्रबार राति भक्तपुर सूर्यविनायक ल्याएका थिए। त्यसपछि ती ल्याएका नाम नखुलेका व्यक्तिले अन्दाजी १० बजेको समयसम्म भक्तपुर जिल्ला सूर्यविनायक काल्हाचामा नम्बर नखुलेको बसभित्र पहिलो पटक जवरजस्ती करणी गरेका थिए। 

त्यसलगत्तै उनले अर्का दुई जना साथीलाई बोलाएर केटीलाई बलात्कार गर्न पठाएका थिए। त्यसपछि ती दुईले भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८ लिवालीमा रहेको तव्याखुशी (ठूलो खोला) को किनारमा पार्किङ गरी राखेको बा. ३ ख. २६१२ नं. को बसभित्र रातभरि निज किशोरीलाई जवरजस्ती करणी गरेका थिए।

घटनाको भोलिपल्ट बिहान शनिबार स्थानीयले प्रहरीलाई खवर गरेका थिए। त्यसपछि प्रहरीले गाडीभित्रै ती दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० बस्ने वर्ष २२ का निरकुमार खड्का र जुगल गाउँपालिका ४ पाङताङ बस्ने वर्ष २१ का सूर्य श्रेष्ठ छन्। महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।  

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जनाए अनुसार बलात्कृत किशोरीले आफ्नो स्थायी  घर सिन्धुपाल्चोक र अस्थायी ठेगाना काठमाडौंको मुलपानी बताएकी छिन्। काठमाडौको मुलपानी बसाई भएकी ती किशोरीलाई पहिलो नाम नखुलेका व्यक्तिले काठमाडौंको रत्नपार्कबाट पानीमा लठ्याउने औषधि मिसाई खान दिई १६ गते शुक्रबार राति भक्तपुर सूर्यविनायक काँंल्हाचा ल्याएका थिए। बलात्कारको अभियोगमा पक्राउ परेको दुई जना बसका चालक र सहचालक रहेको थेवेले बताए।  

अहिले किशोरी महानगरीय प्रहरी बृत जगातीमा छिन्। उनका साथमा बलात्कारमा प्रयोग भएको गाडी पनि नियन्त्रणमा लिइएको जनाइएको छ। किशोरीले आफ्नो ठेगाना मात्र बताउन सकेको बताएकी छिन्। उनले आफ्नोबारेमा त्यस्तो केही बताउन नसकेकोले आफन्तको सम्पर्कमा पुग्न नसकेको प्रहरीले जनाएका छ। अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ। उनको स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। उनको परिवार सम्पर्क नआएमा अनाथालयमा राख्ने योजना प्रहरीले बनाएको छ।  

पक्राउ आरोपित दुई जनालाई आइतबार भक्तपुर जिल्ला अदालतमा पेश गरी जवरजस्ती करणी सम्बन्धी कसुरमा दिन ७ (सात) म्याद थप गरेको प्रहरी परिसरले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ। साथै घटनामा संलग्न रही हाल फरार रहेका प्रतिवादीको खोजतलास भइरहेको परिसले जनाएको छ।

यो पनि पढ्नुहोस्

भक्तपुरमा बसभित्र सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ 

प्रकाशित: १८ आश्विन २०७७ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App