७ वैशाख २०८१ शुक्रबार
समाज

पानै ३ किलो चरेशसहित एक नेपाली भारतीय सीमा क्षेत्रबाट पक्राउ

भारतीय सुरक्षाकर्मीले पौने ३ किलो चरेशसहित एक नेपालीलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई छल्दै भारतको कल्लनडिहवा गाउँ पुगेका कपिलवस्तुको विजयनगर गाउँपालिका ४ ज्योतिनगरका टिकाराम गिरिलाई २ किलो ८५० ग्राम चरेससहित भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।  

भारतको ढेवरुआ थानाका प्रहरी निरीक्षक तहसिलदार सिंहले गिरीमाथि मुद्दा चलाइएको बताए। गिरि कृष्णनगर नगरपालिका वडा ३ को लक्ष्मिनगर हुँदै पारी भारतको कल्लनडिहवा गाउँ पुगेका थिए।

प्रकाशित: १५ आश्विन २०७७ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App