८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश १ मा कोरोना: तीन जनाको मृत्यु, १ सय ८२ संक्रमित

पछिल्लो २४ घण्टामा प्रदेश १ मा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीका २ पुरुष र मोरङकी १ महिला रहेका छन्। 

बिहीबार तीन जना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ। यस्तै बिहीबार प्रदेश १ मा १ सय ८२ संक्रमित थपिएका छन्। मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन्। मोरङको जहदामा ६ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

सुनसरीको धरानमा ११ महिला ३३ पुरुष, इटहरीमा ६ महिला १३ पुरुष, रामधुनीमा १ महिला २ पुरुष, दुहवीमा १ महिला, स्थानीयतह नखुलेका १ पुरुषमा कोरोना संक्रमण भेटिएको छ। यस्तै झापाको विर्तामोडका २ महिला २ पुरुष, अर्जुनधारामा २ पुरुष, गौरादहकी १ महिला, ताप्लेजुङका १ पुरुष,  भोजपुरको अरुणका १ पुरुष, प्रदेश १ बाहिरका १ महिला र ६ जना  पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।  

बिहीबार १ सय ८२ जना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८० पुगेको छ। प्रदेश १ मा बिहीबार १ सय ७४ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

प्रकाशित: १५ आश्विन २०७७ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App